पार्टी कमजोर भएपछि लोसपामा समीक्षात्मक बैठकको माग
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)मा चुनावी समीक्षाका लागि बैठकको माग उठ्न थालेको छ । लोसपाले अपेक्षा गरेअनुसार सीट आएन भने पार्टी राष्ट्रिय पार्टी बन्न सकेन । यसले पार्टीका नेता तथा कार्यकर्ता निराश भएका छन् । यो निराशालाई आत्मबलमा बदल्नका लागि समीक्षा बैठक तत्काल बोलाउनु पर्ने सो पार्टीका नेताहरूको भनाइ छ ।
सो पार्टीका नेता मनिष मिश्रले पार्टीका शीर्ष नेता तथा कार्यकारिणी समितिले अविलम्ब बैठक बोलाई हारको समीक्षा गरेर आगामी दिनका लागि ठोस रणनीति बनाउनुपर्नेमा जोड दिए । लोसपामा पुराना नेताहरू भएपनि संगठन नयाँ रहेका कारण चुनावमा कमजोर नतिजा आएको हुनसक्ने उनको बुझाइ छ ।
लोसपाको केन्द्रीय कार्यकारिणी कमिटीबाहेक कुनै केन्द्रीय कमिटी तथा उपसमितिहरू निर्माण भएको छैन । विद्यार्थी संगठनको आंशिक संरचनाबाहेक कुनै भ्रातृसंगठन तथा शुभेच्छुक सङ्गठनहरू निर्माण भएको छैन । पार्टी अन्तिम समयमा गठबन्धनमा सामेल भएको र त्यसको जानकारी ठीक ढंगले पार्टीको नेता तथा कार्यकर्ता समक्ष नपुगेका कारण चुनावमा समस्या भएको उनले दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल