काठमाडौंका रेष्टुरेण्ट अब रातको १२ बजेसम्म खोल्न पाइने

काठमाडौं जिल्लामा सञ्चालित रेष्टुरेण्टहरू अब रातको १२ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि रातको १० बजेसम्म मात्रै खोल्न पाइने रेष्टुरेण्टको समय बढाएर अब १२ बजेसम्म बनाइएको हो । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले रेष्टुरेण्ट, बार तथा दोहोरी क्लब र नाइट क्लब खुला गर्ने समयमा परिवर्तन गरेको हो ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेलका अनुसार मदिरा पसल, रेष्टुरेण्ट, बार तथा दोहोरी साँझ र नाइट क्लब खुला हुने समयमा परिवर्तन गरिएको छ । ढुङ्गेलका अनुसार अब मदिरा पसलहरू राती १० बजेसम्म खुला गर्न पाइने छ । बोतलबन्दी वा बिर्कोसहित बिक्री हुने मदिरा पसलहरू रातको १० बजेसम्म मात्रै खुला गर्न पाइने छ ।
त्यसैगरी रेष्टुरेण्टहरू रातको १२ बजेसम्म खुला गर्ने निर्णय भएको छ । यसअघि राती १० बजेसम्म मात्रै खुला गर्न पाउने रेष्टुरेण्टलाई १२ बजेसम्म खुला गर्न पाउने बनाइएको हो । रेष्टुरेण्ट व्यवसायीबाट व्यापक गुनासो आएपछि रातको १२ बजेसम्म खुला गर्ने निर्णय भएको सहायक प्रजिअ ढुङ्गेलले बताइन् ।
त्यसैगरी डान्स बार, दोहोरी रेष्टुरेण्ट, लाउन्ज, पब र बारहरु बिहानको २ बजेसम्म खुला गर्न दिने निर्णय भएको छ । डिजेसहितको नाइट क्लब भने बिहानको ४ बजेसम्म खुला राख्न पाउने भएको छ । यसअघि रातीकालीन व्यवसाय भनेर सबैलाई बिहानको २ बजेसम्म मात्रै खुला राख्न पाउने निर्णय भएको थियो । यद्यपि नाइट क्लबले भने बिहानको ६ बजेसम्म पनि क्लब सञ्चालन गर्ने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री पद गएको हप्ता दिन पुग्दा पनि रविले मन्त्री क्वाटर छाडेनन्
-
संविधानको मूल्य र मान्यता विपरित फेरि टिप्पणी गरे स्वीकार्य हुँदैन : सांसद बस्नेत
-
अध्यक्ष ओलीसँग बेलायती राजदूत काथ्रिनको भेटवार्ता
-
विदेशमा रहेका नागरिकलाई भोट हाल्न दिने सुविधा व्यवहारिक रुपमा लागू हुन सकेन : महान्यायाधिवक्ता पोखरेल
-
नेप्सेमा ४ अंकको वृद्धि, कारोबार १ अर्बमा झर्यो
-
अभिनेत्री जेविकाले गरिन् इन्गेजमेन्ट