बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

बिहीबार, १५ मङ्सिर २०७९, १७ : ५०
बिहीबार, १५ मङ्सिर २०७९

काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन संस्कृतिक तथा पर्यटन नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सम्मेलन नेपालको पर्वतीय पर्यटनमा आवश्यक पर्ने नीतिगत परिवर्तनका लागि विशेष कोसेढुङ्गा सावित हुने बताए ।

कार्यक्रममा सांस्कृतिक पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले सम्मेलन नेपालको पर्वतीय पर्यटनमा सहयोगी हुनेमा विश्वास व्यक्त गरे । सम्मेलनमा अमेरिकन भूगर्भविद् डा.आलटेन बायरले नेपालमा हुने पूर्वाधार विकास निर्माणको कामले पर्वतीय पर्यटकीयस्थल लोप हुँदै गएको र यस्ता स्थान संरक्षण गर्नुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले तीन दिने सम्मेलनमा एक सय पर्यटनकर्मी र वैज्ञानिकलगायतको सहभागी हुने बताए । उनले दिगो पर्वतीय क्षेत्रमा भएका विभिन्न अनुसन्धान र विश्व जलवायु परिवर्तनको समयमा पर्वतीय पर्यटन क्षेत्रका समस्या समाधान बारेमा छलफल हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप