बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युनिभर्सिटी र हिमालयन किङ्डम क्वाटरफाइनलमा

बिहीबार, १५ मङ्सिर २०७९, १९ : २८
बिहीबार, १५ मङ्सिर २०७९

युनिभर्सिटी र हिमालयन किङ्डम १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

युनिभर्सिटीले नेसनल युनाइटेडलाई २२–१७ ले पराजित गर्‍यो । युनिभर्सिटीको जितमा सुरज पास्वानले १० अङ्क योगदान गरे । जाङ्गु लामाले २० अङ्क सहयोगमा हिमालयन किङ्डमले पृथ्वीलाई ४५–३४ ले हरायो ।

सिनियर ब्वाइजमै गोल्डेनपिकले काठमाडौं भ्यालीलाई ३८–३४, आयोजक भ्याली पब्लिकले एलआरआईलाई ३७–१९, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले एन्जल्स हार्टलाई २९–१६, ग्रिनल्यान्डले टीआईएलाई ३४–२४ र स्किब्सले एचएचसीएलाई ५६–३३ ले पाखा लगाए । गोल्डेपिकका दिनेश रतलले १७, भ्याली पब्लिकका सुशान चौधरीले ११, बीएनएका सन्देश खड्काले १०, ग्रिनल्यान्डका सुरेश बिसीले १२ र स्किब्सका जोन चौधरीले १६ स्कोर गरे ।

सिनियर गल्र्समा ग्रिनल्यान्डले केभीकेएसएसमाथि १८–१२ को जित निकाल्यो । ग्रिनल्यान्डकी जेनिशा श्रेष्ठले ६ अङ्क जोडिन् । जुनियर ब्वाइजमा बीएनएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १६–१० तथा एन्जल्स हार्टले ग्रिनल्यान्डलाई ३५–२५ ले पन्छाए । बीएनएका निमा शेर्पाले ६ तथा एन्जल्स हार्टका प्रतीक कँडेलले १६ अङ्क जोडे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप