नवलपुरमा जिप दुर्घटना, दुईको मृत्यु
विहीबार, १५ मंसिर २०७९, १९ : ५५

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले जानकारी दिए। घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ । अहिले साँझ साढे ५ बजे भएको दुर्घटनामा जिप तीन सय मिटर तल खसेकाले घाइतेको उद्धार गर्न निकै समय लागेको थियो । जिपको ब्रेक फेल भई दुर्घटना भएको अनुमान गरिएको छ । अहिलेसम्म मृतक तथा घाइतेको परिचय खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
मनाङ अस्पतालमै छैन एम्बुलेन्स
-
‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय उडान दुई घण्टा अवरुद्ध
-
नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा जिसी
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
संविधानको कार्यान्वयन हेर्नका छुट्टै निकाय आवश्यक : पूर्वसभामुख ढुंगाना