शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्मिथले बराबरी गरे ब्राडम्यानको कीर्तिमान

बिहीबार, १५ मङ्सिर २०७९, २० : ३५
बिहीबार, १५ मङ्सिर २०७९

अस्ट्रेलियाका खेलाडी स्टिभ स्मिथले सर डन ब्राडम्यानको कीर्तिमान बराबरी गरेका छन् । वेस्ट इन्डिज विरुद्धको टेष्ट सिरिजको पहिलो खेलमा उनले आफ्नो टेस्ट करियरको २९ औं शतक प्रहार गरे । योसँगै उनले अस्ट्रेलियाका लिजेण्ड ब्राडम्यानको २९ शतकको कीर्तिमान बराबरी गरेका हुन् । 

स्मिथले आफ्नो टेस्ट करियरमा ८७ खेलका १५४ इनिङ्समा ८१६१ रन बनाएका छन् । यस क्रममा उनको औसत ६० भन्दा बढी छ । उनले ३६ अर्धशतक पनि बनाएका छन् । २३९ रन उनको उत्कृष्ट स्कोर हो । स्मिथले एकदिवसीय क्रिकेटमा पनि १२ शतक बनाएका छन् ।

स्मिथले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा ३११ बलमा अविजित २०० रन बनाए । योसँगै अष्ट्रेलियाले पहिलो इनिङ्समा ४ विकेट गुमाएर ५९८ रनमा इनिङ्स घोषणा गरेको थियो । स्मिथले मार्नस लाबुसेनसँग तेस्रो विकेटका लागि २५१ रनको साझेदारी गरे। 

लाबुसेनले पनि दोहोरो शतक बनाए । उनले ३५० बलमा २०४ रन बनाए । यससँगै दोस्रो दिनको खेल सकिँदासम्म वेस्ट इन्डिजले पहिलो इनिङ्समा विकेट गुमाएर ७४ रन बनाएको छ । देगनारायण चन्द्रपाल ४७ र कप्तान क्रेग ब्राथवेट १८ रनमा अविजित छन् । 

स्मिथले अन्तर्राष्ट्रिय क्रिकेटमा ४१ शतक बनाएका छन् । उनले रोहित शर्माको बराबरी गरेका छन् । अहिले क्रिकेट खेल्ने खेलाडीमध्ये विराट कोहलीकै नाममा सबैभन्दा धेरै शतक छ । उनले अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै फर्म्याट टेस्ट, ओडीआई र टी–२० मा ७१ भन्दा बढी शतक बनाएका छन् । जसमा एकदिवसीयमा ४३, टेष्टमा २७ र टी–२० मा एक शतक समावेश छ ।

हालसम्म सचिन तेन्दुलकरले तीनवटै ढाँचामा सबैभन्दा धेरै शतक बनाएका छन्। उनले ६६४ खेलमा ४८.५२ को औसतमा ३४३५७ रन बनाएका छन् । जसमा १०० शतक र १६४ अर्धशतक सामेल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप