४ ब्याट्सम्यानको शतक, इंग्ल्यान्डले तोड्यो ११२ वर्ष पुरानो कीर्तिमान

१७ वर्षपछि पाकिस्तानमा टेष्ट खेल्न आएको इंग्ल्याण्डले पहिलो टेस्टमै आफ्नो आक्रामक नियत स्पष्ट पारेको छ । रावलपिंडी टेस्टको पहिलो दिन टिमले ७५ ओभरमा ४ विकेट गुमाएर ५०६ रन बनाएको छ ।
टेस्ट क्रिकेटको १४५ वर्षको इतिहासमा यो पहिलो पटक हो, जब कुनै टोलीले पहिलो दिन नै ५०० रन बनाएको हो । यसअघि सन् १९१० मा अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध टेष्टको पहिलो दिन ४९४ रन बनाएको थियो । यससँगै इंग्ल्यान्डले पहिलो दिन सर्वाधिक रन बनाउने ११२ वर्ष पुरानो कीर्तिमान तोडेको छ । यद्यपि टेस्टको कुनै पनि दिन सबैभन्दा बढी ५८८ रन बनको छ । यो कीर्तिमान भारत र इंग्ल्याण्डको नाममा छ । सन् १९३६ मा म्यानचेस्टर टेस्टमा यी दुई टोलीले मिलेर दोस्रो दिन यति धेरै रन बनाएका थिए ।
इंग्ल्याण्डका लागि पहिलो दिन ४ ब्याट्सम्यानले शतक प्रहार गरेका छन् । दुवै ओपनरले शतक प्रहार गर्दै ३५.४ ओभरमा २३३ रनको साझेदारी गरे । ज्याक क्राउलीले १२२ र बेन डकेटले १११ रन बनाए । टोलीका लागि तेस्रो नम्बरमा रहेका ओली पोप र पाँचौं नम्बरमा रहेका ह्यारी ब्रुकले पनि शतक बनाए । पोप १०४ बलमा १०८ रन बनाएर आउट भए । ब्रुक १०१ रनमा अविजित छन् । इंग्ल्याण्डका पूर्व कप्तान जो रुट २३ रन बनाएर आउट भए ।
आजको खेलमा इंग्ल्याण्डका ह्यारी ब्रुकले एक ओभरमा ६ चौका प्रहार गरे । उनी टेस्टमा यस्तो गर्ने पाँचौँ ब्याट्सम्यान बने । इंग्ल्याण्डका कप्तान बेन स्टोक्सले दिनको खेल समाप्त हुँदा १५ बलमा ३४ रन बनाए । उनले दिनको अन्तिम ओभरमा १८ रन बनाए । उनीसँगै ह्यारी ब्रुकले अविजित १०१ रन बनाएका छन् । दोस्रो दिनको खेल शुक्रबार बिहान १० बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
मनाङ अस्पतालमै छैन एम्बुलेन्स
-
‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय उडान दुई घण्टा अवरुद्ध
-
नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा जिसी
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम