प्रमुख शाहसँग नेपालका लागि अमेरिकाका राजदूत थम्पसनको शिष्टाचार भेट
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर.थम्पसनले परिचयात्मक शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत थम्पसन प्रमुखको कार्यकक्ष राष्ट्रिय सभा गृह आएका थिए ।
भेटका क्रममा प्रमुख शाहले, काठमाडौँ मौलिक सांस्कृतिक सम्पदाले भरिएको जीवन्त सहर भएको बताए । सहरको जीवन्तता संरक्षण र प्रवर्धनका महानगरका लागि प्राथमिक कार्यक्रम रहेको उनको भनाइ थियो । त्यस क्रममा राजदूत थम्पसनले काठमाडौँसँग संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरुसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको धारणा राखेका थिए ।
त्यस क्रममा सम्पदा संरक्षण तथा प्रवर्द्धन, सहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा कुराकानी भएको थियो । अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर सहरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक कालोपत्र : समय रहुञ्जेल सुस्त, सकिएपछि तीव्र
-
सामूहिक अभिव्यक्ति : रोबोट र मानवको सहवास
-
पवन ओलीको नयाँ गीत 'डाली लपक्कै' सार्वजनिक
-
किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण
-
क्यानडा र अमेरिकाका धेरै राज्यमा शीतलहर, तापक्रम माइन्स १७ डिग्रीसम्म पुग्ने अनुमान
-
विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा जारी