टर्कीमा प्रशिक्षण विमान दुर्घटनामा २ जनाको मृत्यु
विहीबार, १५ मंसिर २०७९, २१ : ५९

टर्कीको उत्तरपश्चिमी प्रान्त बुर्सामा बिहीबार एकल इन्जिन भएको प्रशिक्षण उडानमा प्रयोग गरिएको विमान दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको इहलास समाचार एजेन्सीले जनाएको छ ।
प्रान्तको येनिसेहिर सहरको युनुसेली विमानस्थलबाट दिउँसो ३ः४० मा उडान भरेपछि सोही प्रान्तको सहरको ओस्मान्गाजी जिल्लामा रहेको संयुक्त प्राकृतिक ग्यास चक्र पावर प्लान्ट नजिकै उक्त विमान दुर्घटनाग्रस्त भएको थियो ।
पाइलट र जहाजमा रहेका अर्का व्यक्तिको मृत्यु भएको बताइएको छ । अग्नि नियन्त्रकहरू, प्रहरी र चिकित्साकर्मीहरूलाई घटनास्थलमा पठाइएको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निलम्बन फुकुवा भएपछि सन्दीपले भने–समयसँगै फेरि भेट होला
-
भारतले २ अर्ब रुपैयाँ बढायो नेपाललाई दिने आर्थिक सहायता
-
बुटवलमा उपमहानगरहरूको राष्ट्रिय सम्मेलन हुने
-
बागमती प्रदेशसभा बैठक २२ गते बस्ने
-
१ देखि ५ कक्षासम्मका पाठ्यपुस्तक छाप्न किन दिइँदैछ निजीलाई जिम्मा ?
-
यस्तो हुनेछ परराष्ट्रमन्त्री पौड्यालको श्रीलंका भ्रमणको कार्यतालिका