बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

मोरक्को विश्वकपमा दोस्रो पटक प्रि–क्वाटरफाइनलमा प्रवेश

विहीबार, १५ मंसिर २०७९, २२ : ५३
विहीबार, १५ मंसिर २०७९

विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा मोरक्कोले क्यानडामाथि २–१ गोलको जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।  अल थुमामा स्टेडियममा भएको खेलमा मोरक्कोलाई जित दिलाउन हाकिम जियाज र युसुफ नेसइरले एक–एक गोल गरे । 

यता क्यानडाले एक गोल आत्मघाती उपहार पायो । मोरक्कोका लागि खेलको चौथो मिनेटमा जियाचले गोल गर्दै टिमलाई अग्रता दिलाए ।  खेलको २३ औं मिनेटमा युसुफले गोल गर्दै मोरोक्ककोलाई पहिलो २–० गोलको अग्रता दिलाए । 

यता क्यानडाले नायफ अगर्डको आत्मघाती गोलमा अग्रता बनाएको थियो । आजको खेलमा जित निकाल्दै मोरक्को ३ खेलबाट ७ अंक जोडेर समूह एफको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्यो ।  यता पराजित क्यानडाले जित बिहिन हुँदै यो विश्वकपको अन्त्य गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप