शुक्रबार, २० माघ २०७९
ताजा लोकप्रिय

यस्तो छ आजको मौसम पूर्वानुमान

शुक्रबार, १६ मंसिर २०७९, ०६ : २२
शुक्रबार, १६ मंसिर २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । 

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिक बदली रही रहनेछ ।

तराईका  भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले  अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप