मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आश्मासँग आजै लगनगाँठो कस्दै संयम

शुक्रबार, १६ मङ्सिर २०७९, ०८ : ३२
शुक्रबार, १६ मङ्सिर २०७९

अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसी  आजै (शुक्रबार) विवाह बन्धनमा बाँधिने भएका छन् । करिब १० वर्षदेखिको प्रेम दुवैले विवाहमा परिणत गर्न लागेका हुन् ।

विवाह समारोह हायात रिजेन्सी होटल बौद्धमा आयोजना गरिएको छ । आश्मा लिन संयम जन्ति लिएर दिउँसो हायात पुग्ने कार्यक्रम रहेको छ । दुवै तर्फमा आफन्त, साथीभाइकाे सहभागीतामा दुवैले लगनगाँठो कस्नेछन् ।

सन् २०१२ मा रिलिज भएको ‘सायद’ बाट अभिनयमा डेब्यु गरेका संयमले ग्याङस्टर ब्लुज, आभास, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराम जस्ता फिल्ममा अभिनय गरेका छन् । आश्माले पनि ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’ मा अभिनय गरेकी छिन् । फिल्म ‘आभास’ संयम र आस्मा एकसाथ देखिएका थिए । 

संयम वरिष्ठ फिल्म निर्देशक नारायण पुरीका छोरा हुन्, आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । संयम र आश्मा दुवै पछिल्लो समय अमेरिका रहँदै आएका छन् । बिवाहकै लागि उनीहरु गत शुक्रबार नेपाल फर्किएका हुन् । संयमको रिसेप्सन पार्टी भने मंसिर २१ मा आयोजना गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप