मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेन युद्ध : राष्ट्रपति जेलेन्स्कीका सहयोगीले १३ हजार सैनिकको मृत्यु भएको स्वीकारे

शुक्रबार, १६ मङ्सिर २०७९, ०९ : १२
शुक्रबार, १६ मङ्सिर २०७९

रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म करिब १३ हजार युक्रेनी सैनिकको मृत्यु भइसकेको छ । एक युक्रेनी अधिकारीले यसको पुष्टि गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले युद्धमा अहिलेसम्म १०,००० देखि १३,००० सैनिकले ज्यान गुमाएको बताएका छन् ।

युक्रेनले आफ्ना मारिएका सैनिकहरूको बारेमा विरलै जानकारी दिन्छ । पोडोल्याकको यो भनाइलाई अन्य कुनै पनि सैन्य अधिकारीले पुष्टि गरेका छैनन् ।

जून महिनामा दैनिक सयदेखि दुई सय सैनिकको मृत्यु हुने गरेको उनले बताए ।

गत महिना, एक शीर्ष अमेरिकी सैन्य अधिकारी, मार्क मिलीले युद्ध सुरु भएपछि करिब एक लाख र रुसका पनि एक लाख सैनिक या त घाइते भएका छन् या मारिइसकेका छन् भन्ने वक्तव्य दिएका थिए ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डर लेयनले बुधबार एक भिडियो सम्बोधनमा युद्धमा १ लाख युक्रेनी सैनिक मारिएको दाबी गरेकी छन् । यद्यपि, पछि ईयू आयोगकी प्रवक्ताले यी तथ्याङ्कहरू गल्तीले बोलेको स्पष्ट पारिन् । वास्तवमा, घाइते र मारिएकाहरू सहित, यति धेरै सैनिकहरू प्रभावित भएका छन् ।

युक्रेनी टिभी च्यानल २४ मा भने, ‘युक्रेनले हताहतको संख्या बारे खुलेर कुरा गरिरहेको छ । हामीले धेरै तहमा औपचारिक विधिहरू मार्फत जानकारी सङ्कलन गरेका छौं र यस अनुसार १० देखि १३,००० सैनिक मारिएका छन् ।’

उनले युद्धमा मारिएका सर्वसाधारणको संख्या पनि  ‘ठूलो’ हुनसक्ने बताए । बीबीसी न्युजले आफ्नो एक रिपोर्टमा जुनको मध्यसम्म करिब ३ हजार ६ सय सर्वसाधारणले ज्यान गुमाएको बताएको थियो ।

फेब्रुअरी २४ मा युक्रेनमा भएको हमलापछि रुसका करिब एक लाख सैनिकको पनि मृत्यु भएको मिखाइल पोडोल्याकले बताए । यस्तै एक देखि डेढ लाख सैनिक या त घाइते वा बेपत्ता छन् वा मोर्चामा फर्कन असमर्थ छन् ।

बीबीसीको रुसी सेवाका अनुसार रुसका सबै तहका करिब ९ हजार ३११ सैनिकले युद्धमा ज्यान गुमाएका छन् । वास्तविक संख्या १८,६०० भन्दा बढी हुन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप