दोलखामा माओवादीका उम्मेदवार कार्कीलाई दोब्बर मतको अग्रता
शुक्रबार, १६ मंसिर २०७९, ०९ : ५५

दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार गङ्गा कार्कीले दोब्बर मतको अग्रता लिएका छन्।
हालसम्म ६ हजार ३१ मतगणना हुँदा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले तीन हजार ६१८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले एक हजार ८०० मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले तथा प्रदेशसभा (२) मा एमालेका भरत केसीले अग्रता लिएका छन्।
दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो । यहाँ १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा विनियोजन ऐन संशोधन गरिँदै
-
सडक कालोपत्र : समय रहुञ्जेल सुस्त, सकिएपछि तीव्र
-
सामूहिक अभिव्यक्ति : रोबोट र मानवको सहवास
-
पवन ओलीको नयाँ गीत 'डाली लपक्कै' सार्वजनिक
-
किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण
-
क्यानडा र अमेरिकाका धेरै राज्यमा शीतलहर, तापक्रम माइन्स १७ डिग्रीसम्म पुग्ने अनुमान