झापा दुर्घटनामा दुई जनाको मृत्यु

झापामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८९९ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको हो । मृतक राईको ठेगाना भने खुलेको छैन । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट बालिकाको मृत्यु
यसैगरी बिहीबार टिपरको ठक्करबाट भद्रपुरमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ स्थित मेघाटोलकी ११ वर्षीय शिल्पा ऋषिदेव रहेकी जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
भद्रपुर–७ स्थित गार्मेटचोकबाट हल्दिबारीतर्फ गइरहेको प्र–१–००१–क–७७ नंको टिपरले सोही दिशातर्फ गइरहेको साइकलयात्री ऋषिदेवलाई ठक्‍कर दिएको थियो । टिपरको ठक्‍करबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
मनाङ अस्पतालमै छैन एम्बुलेन्स
-
‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय उडान दुई घण्टा अवरुद्ध
-
नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा जिसी
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
संविधानको कार्यान्वयन हेर्नका छुट्टै निकाय आवश्यक : पूर्वसभामुख ढुंगाना