पुल निर्माणमा ढिलाइ, आठ वर्षमा ४० प्रतिशत काम

चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो ।
पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा २०७१ असार २९ गते सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको थियो । अहिलेसम्म पुलको दुईतर्फी पिलरको जग हाल्ने काम मात्र भएको छ ।
निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै पुल निर्माणको काम अलपत्र पारेको सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर विकेश लागेले बताए । उनले पुल निर्माणका लागि चारपटकसम्म म्याद थप गरिसकिएको जानकारी दिए। पुल निर्माणको जिम्मा हेटौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीले लिएको हो । पछिल्लोपटक थपिएको अन्तिम म्याद २०८० असार मसान्तसम्म छ । पछिल्लो सम्झौताअनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राखिने इञ्जीनियर लागेले बताए ।
उक्त पुलको निर्माणपछि चितवन आउन पोखरा, बाग्लुङ, पर्वत, बेनी, स्याङजा र दमौलीका बासिन्दाले डुम्रे, आबुँखैरेनी र मुग्लिन सडक प्रयोग गर्नुपर्दैन । पुल फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहनेछ । अहिले पनि तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस चलेका छन् । तर पुल नहुँदा ती सवारी नारायणगढ–मुग्लिन सडकखण्डसम्म आइपुग्न सक्दैनन् । दमौलीबाट घुमाउनेसम्म ३२ किलोमिटर दूरी छ ।
एक सय पाँच मिटरको आर्क डिजाइनको उक्त पुल भ्याटसहित रु नौ करोडको लागतमा निर्माण गर्न लागिएको हो । पुल निर्माणपश्चात नारायणगढबाट दमौली जान हाल सञ्चालन भइरहेको नारायणगढ–मुग्लिङ सडकको भन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान बैठक : सन्दीपको निलम्बन फिर्ता गर्ने तयारी
-
अस्थायी प्रकृतिका शिक्षक नियुक्त गर्दा पैसा दिनुपर्ने विषयमा छानबिन गर्न निर्देशन
-
अस्ट्रेलियामा कार्यरत नेपाली नर्सले वृद्ध बिरामीहरुलाई थप्पड हानेको स्वीकार
-
महाकाली नदीमा फसेका मजदुरको उद्धार
-
खोप अभियान लक्षित समूहसम्म पुर्याउन आवश्यक : मन्त्री गिरी
-
काठमाडौंका मेयर र गभर्नर अधिकारीबीच भेटवार्ता