बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फस्ट माइक्रो फाइनान्स लघुवित्तले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति ?

शुक्रबार, १६ मङ्सिर २०७९, ११ : ०६
शुक्रबार, १६ मङ्सिर २०७९

फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । लघुवित्तले आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको प्रस्तावअनुसार १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश वितरण गर्ने भएको हो । १९ प्रतिशतले हुन आउने १८ करोड ३२ लाख ५३ हजार रूपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ ।

यस्तै, १ प्रतिशत हुन आउने ९६ लाख ४४ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सञ्चालक समितिले गरेको हो । बोनस नगद लाभांशसहित कूल १९ करोड २८ लाख ९८ हजार रूपैयाँ लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाले स्वीकृत गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप