एक्सिस व्याण्डको नयाँ गीत ‘च्याङ्वा’ सार्वजनिक
साङ्गीतिक व्याण्ड एक्सिसले नयाँ गीत ‘च्याङ्वा’ सार्वजनिक गरेको छ । सन् २००० मा स्थापना भएको व्याण्डले तेस्रो एल्बम ‘घर गाउँ’ मा रहेको यो गीत सार्वजनिक गरेको हो । भैरहवाको लहर व्याण्डको ओर्जिनल भर्सनको यो गीतलाई व्याण्डले नयाँ रुपमा श्रोता तथा दर्शकमाझ ल्याएको हो ।
गीतमा सन्दिप विश्वकर्माको स्वर छ । गायक सन्दिपले गीतले केटाले केटीलाई जिस्क्याएको थिम बुझाउने बताए । उनले एल्बम सन् २०१७ मा निकाले पनि कोरोना महामारीका कारण भिडियो बजारमा आउन ढिलो भएको खुलाए ।
नवाङ मोक्तान र अकेश ताम्राकार गीतको भिडियोमा देखिएका छन् । भिडियो व्याण्डले आफ्नो युट्युब च्यानल एक्सिस अफिसियलमार्फत सार्वजनिक गरेको हो ।
विश्व अनलाइन स्ट्रिम प्लेटफमको रेङ्किङ अनुसार नेपालभरीको बेण्ड क्याटेगोरीमा नेपथ्य, १९७४ एडी, अल्बट्रस र द एज भन्दा पहिलो स्थानमा एक्सिस रहेको छ । व्याण्डले हालसम्म ‘अधुरो प्रेम (२००३)’, ‘मलाई माफ गरि देउ (२००९)’ र ‘घर गाउँ (२०१७)’ तीन एलबम बजारमा ल्याइसकेको छ । व्याण्डमा सन्दिपसहित लिड गितारमा बिर्जु कर्माचार्य, गितारमा विक्रम मानन्धर, बेस गिटारमा सजिन महर्जन र ड्रममा कविन शाक्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड