एक्सिस व्याण्डको नयाँ गीत ‘च्याङ्वा’ सार्वजनिक
साङ्गीतिक व्याण्ड एक्सिसले नयाँ गीत ‘च्याङ्वा’ सार्वजनिक गरेको छ । सन् २००० मा स्थापना भएको व्याण्डले तेस्रो एल्बम ‘घर गाउँ’ मा रहेको यो गीत सार्वजनिक गरेको हो । भैरहवाको लहर व्याण्डको ओर्जिनल भर्सनको यो गीतलाई व्याण्डले नयाँ रुपमा श्रोता तथा दर्शकमाझ ल्याएको हो ।
गीतमा सन्दिप विश्वकर्माको स्वर छ । गायक सन्दिपले गीतले केटाले केटीलाई जिस्क्याएको थिम बुझाउने बताए । उनले एल्बम सन् २०१७ मा निकाले पनि कोरोना महामारीका कारण भिडियो बजारमा आउन ढिलो भएको खुलाए ।
नवाङ मोक्तान र अकेश ताम्राकार गीतको भिडियोमा देखिएका छन् । भिडियो व्याण्डले आफ्नो युट्युब च्यानल एक्सिस अफिसियलमार्फत सार्वजनिक गरेको हो ।
विश्व अनलाइन स्ट्रिम प्लेटफमको रेङ्किङ अनुसार नेपालभरीको बेण्ड क्याटेगोरीमा नेपथ्य, १९७४ एडी, अल्बट्रस र द एज भन्दा पहिलो स्थानमा एक्सिस रहेको छ । व्याण्डले हालसम्म ‘अधुरो प्रेम (२००३)’, ‘मलाई माफ गरि देउ (२००९)’ र ‘घर गाउँ (२०१७)’ तीन एलबम बजारमा ल्याइसकेको छ । व्याण्डमा सन्दिपसहित लिड गितारमा बिर्जु कर्माचार्य, गितारमा विक्रम मानन्धर, बेस गिटारमा सजिन महर्जन र ड्रममा कविन शाक्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण