भृकुटीमण्डपमा सुरु भयो ईभी नेपाल एक्स्पो (फोटोफिचर)
शुक्रबार, १६ मंसिर २०७९, ११ : ४९

भृकुटीमण्डपमा शुक्रबार देखि ईभी नेपाल एक्स्पो सुरू भएको छ। नेपाल विद्दुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले एक्स्पोको उद्घाटन गरेका छन् ।
पछिल्लो समयमा विद्युतीय सवारीप्रति धेरैको आकर्षण बढिरहेको र नेपालमा समेत यसका लागि आवश्यक विद्युत उत्पादन प्रशस्तै मात्रामा भइरहेको छ । यसै तथ्यलाई मध्यनजर गरी सो प्रदर्शनीमा विशेष गरि विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिएको छ ।
विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा भएको यो सबैभन्दा ठुलो प्रदर्शनी हुने दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन र मृतकलाई सहिद घोषणा गर्न माओवादीको माग
-
विष्णु पौडेलको दावी : गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो
-
दोस्रो पटक मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
-
कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र तत्काल नबाहिरिने
-
गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
-
गण्डकीमा अधिकारी नेतृत्वको सरकार अल्पमतमा