दमकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, १६ मंसिर २०७९, १२ : ०८

झापाको दमकमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार राति दमक नगरपालिका–९ स्थित मोटरसाइकलको ठक्करबाट इलामको माई नगरपालिका–१० का ४७ वर्षीय गोपाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । यस्तै दुर्घटनाबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक झापाको कन्काइ नगरपालिका–४ का २५ वर्षीय नितेश बस्नेतको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
-
उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
-
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो
-
बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन
-
परवेज मुशर्रफ : सेना प्रमुख देखि सैन्य ‘कू’ र पछि पाकिस्तान छोड्नेसम्मको यात्रा
-
अभिनयमा ब्यस्त बन्दै मिस पबी !