आईजीपी सिंह र अमेरिकी राजदूतबीच भेटवार्ता
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा आईजीपी सिंह र राजदूतबीच भेटवार्ता भएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
भेटमा अमेरिकी राजदूत थम्सनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष तरिकाले सम्पन्न गरेको भन्दै प्रहरीको प्रशंसा गरेका छन् । मङसिर ४ मा काठमाडौं र भक्तपुरका केही मतदान स्थल राजदूत थम्सनले निरीक्षण गरेका थिए । ‘निर्वाचनमा प्रहरीको भूमिका व्यावसायिक पाएँ’ थम्सनले भेटमा भनेका छन्– ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल प्रहरीको व्यवसायिकता थप वृद्धि भएको मेरो बुझाइ छ ।’
निर्वाचनको दिन राजदूत थम्सनले भक्तपुरको सूर्यविनायक र बल्खुस्थित लिंकन स्कुलमा सञ्चालित मतदान स्थल भ्रमण गरेका थिए । ‘प्रहरीले व्यावसायिक काम गरेको पाएँ’ भेटमा सहभागी एकजना प्रहरी अधिकृतले थम्सनको भनाइ उदृत गर्दै भने– ‘नेपालमा रहेका अमेरिकन नागरिकहरूको सुरक्षामा प्रहरीले देखाएको व्यावसायिकताप्रति धन्यवाद छ ।’
नेपाल प्रहरी र अमेरिकन सुरक्षा एजेन्सीको सहकार्यमा हुँदै आएको साइबर सुरक्षा तालिम, हवाई र क्रिप्टो करेन्सी सम्बन्धी तालिममा थप बढोत्तरी गरिने राजदूत थम्सनले बताएका छन् । भेटमा प्रहरी महानिरीक्षक सिंहले अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण