खनालमाथिको आरोप पुष्टि गर्न एमालेलाई समाजवादीको चुनौती

इलाम निर्वाचन क्षेत्र नम्बर–१ को निर्वाचनलाई लिएर नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका नेताहरूबीच आरोप प्रत्यारोपको दोहोरी चलेको छ । नेकपा एकीकृत समाजवादी इलामले नेता खनालमाथि एमालेले लगाएको आरोप पुष्टि गर्न चेतावनी नै दिएको छ । सो पाटीले शुक्रबार विज्ञप्ति जारी गर्दै इलाम क्षेत्र नम्बर १ बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका खनालमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएको हो ।
यसअघि एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक उदयबहादुर राईले नेता खनालले जथाभाबी बोल्नुका साथै बम पड्काएको आरोप लगाएका थिए । उक्त आरोपप्रति ध्यानाकर्षण भएको जनाउँदै नेकपा एकीकृत समाजवादीले एमालेले लगाएको आरोपलाई पुष्टि गर्न भनेको छ ।
‘बम विस्फोटन जस्तो गम्भीर प्रकृतिको मुद्दालाई आधार, कारण र प्रमाण विनानै गठबन्धनका उम्मेदवारलाई आरोप लगाउने कार्य अपराधजन्य कार्य भएकाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का एमालेका उदयबहादुर राईलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दछु,’ जिल्ला अध्यक्ष भक्त केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
इलाम १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार खनाल एमाले उम्मेदवार महेश बस्नेतसँग पराजित भएका थिए । नेता खनालले धाँदलीपूर्ण तरिकाले निर्वाचन भएको भन्दै कानुनी उपचार खोज्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एपीएफले लगातार दोस्रो जित निकाल्दा कोशी प्रदेशको सुखद् शुरुवात
-
ओलीको कटाक्षः सरकारलाई सुझाव दिनु भैँसीलाई बिन बजाएजस्तै हो
-
कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक : कसको कति ?
-
आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन र मृतकलाई सहिद घोषणा गर्न माओवादीको माग
-
विष्णु पौडेलको दावी : गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो
-
दोस्रो पटक मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत