शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् २० प्रतिशतभन्दा धेरै दिने लाभांश दिने कम्पनी, युनिलिभरका सेयरधनी मालामाल

शुक्रबार, १६ मङ्सिर २०७९, १४ : १९
शुक्रबार, १६ मङ्सिर २०७९

सूचीकृत २८ कम्पनीले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गरेको घोषणा अनुसार यसवर्ष सेयरधनीलाई सबैभन्दा बढी लाभांश युनिलिभर नेपालले दिँदैछ । युनिलिभरले यस वर्ष १२१५ रुपैयाँ नगद लाभांश दिँदैछ । अर्थात् सो कम्पनीको एक कित्ता सेयर हुने सेयरधनीले यसपालि १२ सय १५ रुपैयाँ लाभांश पाउँदैछन् । यसपालि घोषणा भएको लाभांशमा यो नै सबैभन्दा बढी हो ।

धेरै लाभांश दिनेमा दोस्रो नम्बरमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ । सो संस्थाले सेयरधनीलाई ७६.८४ प्रतिशत लाभांश दिँदैछ । जाल्पाले यो लाभांशमध्ये ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद लाभांश दिन लागेको हो । यस्तै, हिमालयन डिष्टिलरीले सेयरधनीलाई ७० प्रतिशत लाभांश दिन लागेको छ । यस्तो लाभांशमध्ये ६० प्रतिशत बोनस सेयर १० प्रतिशत नगद लाभांश हो ।

बोटलर्स नेपाल (तराई) ले सेयरधनीलाई ६० प्रतिशत लाभांश दिँदैछ । बोटलर्सले नगद लाभांश दिन लागेको हो । रिडी पावरले ४२.१ प्रतिशत लाभांश दिने भएको छ । रिडीले ४० प्रतिशत बोनस सेयर र २.१ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

कम्पनीहरूले जारी गरेको विवरण अनुसार सोल्टी होटलले ५ प्रतिशत बोनस सेयर र २१.३१ प्रतिशत नगद लाभांश गरी २६.३१ प्रतिशत लाभांश दिन लागेको छ । सानिमा इक्वीटी फण्डले २२ प्रतिशत नगद लाभांश दिँदैछ भने बैंक अफ काठमाडूले ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश दिँदैछ । 

एभरेष्ट बैंकले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश गरी २०.६८ प्रतिशत लाभांश दिन लागेको छ । फष्ट माइक्रोफाइनान्सले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगल लाभांश गरी २० प्रतिशत लाभांश दिदैछ । बोटलर्स नेपाल (बालाजु) ले भने २० प्रतिशत नगद लाभांश दिँदैछ ।

कम्पनीहरुले जारी गरेको यो लाभांश गत आर्थिक वर्षसम्मको नाफा तथा संचित रकमबाट हो । यसरी लाभांश घोषणा गरेका कम्पनीमध्ये केहीको बुकक्लोज भइसकेको छ भने केहीको अझै पनि लाभांश सुरक्षित गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप