शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

‘आइएमई पे’ द्वारा ‘डिशहोम नकआउट तीन सय’ अफर सार्वजनिक

शुक्रबार, १६ मंसिर २०७९, १४ : ५७
शुक्रबार, १६ मंसिर २०७९

 आइएमई पेले ‘डिशहोम नकआउट तीन सय अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र रू. ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्नेछन् । 

ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘नकआउट’ प्रयोग गर्नु पर्ने हुन्छ । जस मार्फत ग्राहकहरुले वर्ल्ड कप प्याकेजको पूर्ण मूल्य रू. ५ सय ६५, तिर्दा रू. २ सय ६५ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन् । 

यो अफर सीमित अवधिको लागि मात्र लागु हुने र यस अफर मार्फत पहिलो ३०० ग्राहकहरुले सो प्याकेजमा क्यासब्याकमा खरिद गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप