तत्काल मलको प्रबन्ध गर्न सरकारसँग श्रेष्ठको माग

बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले कृषकहरूका लागि पर्याप्त मलको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् । बारा– ४ मा निर्वाचित भएपछि धन्यवाद ज्ञापन कार्यक्रममा बाराको विश्रामपुर, फेटा, प्रसौनी, परवानीपुरका कृषकहरूले मलको अभाव भएको भन्दै गुनासो गरेका थिए ।
‘मलको अभाव भयो भनेर मलाई कृषकहरूबाट गुनासो आएपछि तत्कालै मैले प्रधानमन्त्री तथा कृषि मन्त्रीका स्वकिय सचिव भानु देउवा, मुख्य सचिव शंकर बैरागी, कृषि मन्त्रालयका सचिव गोविन्द शर्मा, कृषि सामग्री लिमिटेडका महाप्रबन्धक राजेन्द्र कार्कीलाई फोन गरेर बारा ४ नं क्षेत्रमा कृषि मल, बिउ, सिंचाईको समस्याको विषयमा जानकारी गराएको छु,’ संघीय सांसद श्रेष्ठले भने ‘हिउँदे खेतीको लागि १÷२ दिनमा नै समाधान हुन्छ होला,कृषि सामग्री केन्द्रले केही दिनभित्रमा बारा ४ नं क्षेत्रको लागि आवश्यक मल उपलब्ध गराउछु भनेर जानकारी गराएको छ ।’
संघीय सांसद श्रेष्ठले बारा निर्वाचन क्षेत्र नं ४ का मतदाताहरुले बाटोघाटो समस्या, विद्यालयहरूमा भवन नभएको,बेरोजगार युवाहरूले रोजगारीको माग गरेको बताए ।
यसअघि प्रसौनी गाउँपालिका वडा नं ७ बन्जरिया स्थित बंगेरी खोलामा झण्डै एक दशकदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माण गर्न पहल गरिदिन स्थानीयहरुले संघीय सांसद श्रेष्ठसँग अनुरोध गरेका थिए । संघीय सांसद श्रेष्ठले सो विषयमा सडक विभागको प्रमुख सहितको प्राविधिक टोलीलाई बोलाएर स्थलगत अध्ययन गरेर पुल निमार्णको कार्य सुरु गर्ने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?