निम अवार्डको छैठौं संस्करण हुने
‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम)’ को छैठौं संस्करण आयोजना हुने भएको छ । आयोजक ऐरा प्रोडक्सन प्रालिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अवार्डको बारेमा जानकारी दिएको हो ।
विगत ५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डमा नेपाल भित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरू ( लोक, आधुनिक, काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथिली, भोजपुरी, राई, लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका’ सहभागिता जनाउन सक्नेछन् ।
अंग्रेजी क्यालेन्डर अनुसार २०२२ जनवरी १ देखि २०२२ डिसेम्बर ३० सम्म (१ वर्ष भित्रमा) बजारमा आएका गीत तथा भिडियोहरूलाई अवार्डमा समावेश गरिनेछ । आवेदनका लागि फारमहरु आयोजक संस्थाको कार्यालयबाट उपलब्ध हुनुका साथै ग्लोबल अनलाइन पे को अनलाइन मार्फत पनि भर्न सकिनेछ । आवेदनको अन्तिम मिति पुस २५ गते सम्म रहेको आयोजकले विज्ञप्तिमा जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण