शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका, जापान, दक्षिण कोरिया र युरोपेली संघले उत्तर कोरियामाथि लगाए नयाँ प्रतिबन्ध

शुक्रबार, १६ मङ्सिर २०७९, १५ : ४८
शुक्रबार, १६ मङ्सिर २०७९

अमेरिका र उसका एशियाली सहयोगीहरूले उत्तर कोरियाका तीन अधिकारीमाथि प्रतिबन्ध लगाएका छन् । उत्तर कोरियाले हालै गरेको मिसाइल परीक्षणपछि यस्तो कदम चालिएको हो ।

उत्तर कोरियाले यस वर्ष रेकर्ड ६० मिसाइल  प्रक्षेपण गरेको छ । यससँगै उसले धेरै अन्तरमहादेशीय मिसाइल पनि प्रक्षेपण गरिसकेको छ । उत्तर कोरियाली अधिकारी जोन–क्ष्क्ष् हो, यू जिन र केम सू गिलले यी हतियारहरूको विकासमा ‘ठूलो भूमिका’ निभाएको बताइएको  छ ।

जापान, दक्षिण कोरिया र युरोपेली संघले उनीहरुमाथि प्रतिबन्ध लगाएका छन् ।

पश्चिमी देशहरूले उत्तर कोरियामाथि लामो समयदेखि प्रतिबन्ध लगाएका छन् । नयाँ प्रतिबन्ध अन्तर्गत अमेरिकामा रहेका यी अधिकारीहरूको सबै सम्पत्ति रोक्का गरिने छ, यी व्यक्तिहरूले कुनै पनि अमेरिकीसँग कुनै पनि प्रकारको व्यापार वा लेनदेन गर्न सक्ने छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप