पत्रकारका लागि स्वास्थ्य उपचारमा छुट

नेपाल पत्रकार महासंघ, ललितपुर शाखा र वी एण्ड वी अस्पताल बीच पत्रकार र आश्रित परिवारको उपचारका क्रममा लाग्ने औषधी र स्वास्थ्य उपचारमा छुटका लागि शुक्रबार सम्झौता भएको छ ।
आज एक कार्यक्रमका बीच उक्त सम्झौता भएको महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बताए । उनका अनुसार पत्रकार र पत्रकारका परिवारको स्वास्थ्य उपचारका क्रममा औषधी र स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो । सम्झौता २०७९ साल मंसिर १६ गतेबाट लागु भई दुई वर्षसम्म रहने छ ।
सम्झौता पत्रमा उल्लेख भएअनुसार नेपाल पत्रकार महासंघमा आबद्ध सबै शाखाका सदस्यहरू, पत्रकारका श्रीमान÷श्रीमती, बुबा–आमा, छोराछोरीले यो सुविधा पाउनेछन् । सुविधाका लागि नेपाल पत्रकार महासंघबाट जारी भएको पत्रकार परिचय–पत्र आवश्यक हुने उल्लेख छ ।
सम्झौतापत्रमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने र सचिव रामहरि कार्कीले हस्ताक्षर गरेका छन् भने वी एन्ड वी अस्पतालका तर्फबाट अस्पतालका कार्यकारी निर्देशक डा.निरजलाल वैद्य र कार्यकारी व्यवस्थापक डा.रिना वैद्यले गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?