आइतबार, १५ माघ २०७९
ताजा लोकप्रिय

जुम्लाका कैदी बन्दीलाई खेलकुद सामग्री

शुक्रबार, १६ मंसिर २०७९, १६ : १८
शुक्रबार, १६ मंसिर २०७९

जुम्लाका कैदी बन्दीलाई खेलकुदका सामग्री उपलब्ध गराइएको छ । जिल्ला खेलकुद विकास समिति जुम्लाले कैदी बन्दीलाई खेलकुदका  सामग्री उपलब्ध गराएको हो।  जिल्ला खेलकुद समितिका अध्यक्ष धनकृष्णा पाण्डेका अनुसार भलिबल ३ थान,नेट १ थान, पम्प १ थान र ब्याडमिन्टन कक १ थान दिइएको छ।

जिल्ला  कारागार जुम्लामा १ सय ९ जना कैदी बन्दी छन् । उनीहरुमध्ये  पुरूष १ सय ६ जना र महिला ३ जना रहेको जिल्ला कारागार जुम्लाका जेलर विष्णु महत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप