शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय

बाजुरामा मतगणना पुनः सुरू

शुक्रबार, १६ मंसिर २०७९, १६ : ५७
शुक्रबार, १६ मंसिर २०७९

बाजुरामा प्रतिनिधि सभातर्फको मतगणना पुनः सुचारू भएको छ। मुचुल्काभन्दा बढी मत भेटिएपछि विवाद हुँदा बिहान बिहानबाट प्रतिनिधिसभाको मतगणना रोकिएको थियो । मतदान अधिकृतले बनाएको मुचुल्का अनुसार नयाँ मुचुल्का बनाएर अगाडि बढ्ने सहमति भएपछि मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।

बाजुराको प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र एमालेका सुदूरपश्चिम सहइन्चार्ज कर्णबहादुर थापा उम्मेदवार छन् । मतगणना नरोकिएको भन्दाअघि कांग्रेसका पाण्डेले १११२ मतले अग्रता बनाएका थिए । 

पाण्डेले  ५ हजार १०६ मत पाउँदा थापाले ३ हजार ९९४ मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप