स्याङजामा मतगणना : कांग्रेसका उम्मेदवार गुरुङको अग्रता कायमै
शुक्रबार, १६ मंसिर २०७९, १७ : ०८

स्याङजामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार स्याङ्जा– २ प्रतिनिधिसभातर्फ गठबन्धनतर्फबाट कांग्रेसका धनराज गुरुङले २३१५ मतान्तरसहित अग्रता लिइरहेका छन् । गुरुङले १६ हजार ५३८ मत प्राप्त गर्दा एमालेकी पदमा अर्यालले १४ हजार २२३ मत प्राप्त गरेकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकाराज गुरुङले ६ हजार ६५ मत प्राप्त गरेका छन् ।
यता, प्रदेशसभा (२) तर्फ भने एमालेका बुद्धिमान श्रेष्ठले अग्रता लिइरहेका छन् । श्रेष्ठले ३ हजार २७ मत ल्याउँदा कांग्रेसका महेश भट्टराईले २ हजार ९०९ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी जग्गा उपयोग प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय
-
किसमिसलाई रातभर दूधमा भिजाएर राख्नुहोस्, बिहान उठेर खाँदा धेरै फाइदा मिल्छ
-
सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी
-
साफ यू–२० महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै
-
युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा
-
भ्यालेन्सियामाथि रियलको सहज जित