गरिमा विकास बैंकको ‘गरिमा डिजिटल बटुवा’ जोडियो नेपाल पे क्युआरमा

गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग (गरिमा डिजिटल बटुवा एप) बाट अब नेपाल–पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकहरूले गरिमा डिजिटल बटुवा एपको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरूमा रहेको नेपालपे क्युआर स्क्यान गरी क्युआर मार्फत सजिलै भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकले नेपाल पे क्युआरमा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरिएको जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्युआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपालपे क्युआर स्थापना र सञ्चालनमा आएको हो, जस अन्तर्गत सदस्य बैँक वित्तीय संस्थाहरू, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै स्कीमको रुपमा र मर्चेन्ट वा अन्य क्युआर स्कीमसँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।
बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरुबाट गरिमा डिजिटल बटुवा अथवा नेपालपे क्युआरमा आबद्ध अन्य मोबाईल बैङ्गिक एप वा वालेट एप मार्फत सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
यसरी गरिमा विकास बैंकको मोबाईल बैङ्गिकमा नेपालपे क्युआर जोडिदा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप बृद्धी हुने आशा गरिएको छ साथै डिजिटल भुक्तानी आफ्नो प्राथमिकता पनि रहेको बैंकको भनाई छ । गरिमा विकास बैंकले नेपालभरी १२१ वटा शाखा कार्यालयहरु र ५१ एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?