दोलखामा मतगणना : माओवादी केन्द्रका उम्मेदवार कार्कीको अग्रता कायमै, कसको कति मत ?
शुक्रबार, १६ मंसिर २०७९, १७ : ५९
१

दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट नेकपा (माओवादी) केन्द्रका उम्मेदवार गंगा कार्कीको अग्रता कायमै छ । कार्कीले ५ हजार ४३४ मत ल्याउँदा एमालेका बालकृष्ण शिवाकोटीले ३ हजार ८८९ मत प्राप्त गरेका छन् ।
यता, प्रदेशसभा १ तर्फ कांग्रेसका कुन्दनराज काफ्लेको अग्रता कायमै छ । काफ्लेले ५ हजार ३ मत ल्याउँदा एमालेका नरबहादुर श्रेष्ठले ३ हजार ३६० मत प्राप्त गरेका छन् । प्रदेशसभा २ तर्फ भने कांग्रेसका बर्मा लामाले ४ हजार ९३४ मत ल्याउँदा एमालेका भरत केसीले ४ हजार ४२२ मत ल्याएका छन् ।
दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।