नर्स बनेर बिरामीको सेवा गर्ने चेतनाको सपना अधुरै

बैतडीको विकट गाउँपालीका डिलाशैनीबाट पढाइको धोका पूरा गर्न धनगढी आउँदा चेतना साउदको लक्ष्य ठूलो भएर नर्स बन्ने थियो ।
गाउँका दिदीहरू पनि नर्स थिए । अस्पताल जाँदा होस् या सामाजिक सञ्जालमा नर्सले सेतो लुगा लगाएर बिरामीको सेवा गरेको उनले देखेकी थिइन् । त्यहीँ भएर उनले सोचेकी थिइन्, “ठूलो भएर म पनि यस्तै नर्स बन्छु, अनि बिरामीको सेवा गर्छु ।”
चेतना साउद धनगढी उपमहानगरपालिका–५ तारानगरमा परिवारसँगै बस्थिन् । नजिकैको पञ्चोदयमा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । पढाइ सन्तोषजक थियो तर बिहीबार बिहानको एक ग्रेडरले उनीसँगै उनको नर्स बन्ने सपना पनि कुल्चिदियो ।
“सबै शिक्षक तथा साथीभाइसँग मिलनसार व्यवहार गर्थिन्”, शिक्षक सुरेन्द्र जोशीले निराश भावमा भने, “के बन्नेभन्दा ‘नर्स’ बन्ने भन्थिन् । समयमै गृहकार्य पनि गर्थिन् । तर के गर्ने राम्रो मान्छेलाई धर्तीमा ठाउँ हुँदैन भन्थे आज त्यस्तै लागि रहेको छ । उनको मृत्युको खबर पत्याउँनै सकिरहेको छैन । उनी आँखा वरिपरि घुम्दै छिन् ।”
घरबाट विद्यालय नजिकै पुगेकी थिइन् । हसनपुर डिभोटी चोकदेखि हसनपुर पिपल्लचौतारा सडक निर्माणमा क्रममा प्रयोग भएको ग्रेडरले सुरुमा उनलाई ठक्कर दियो । उनी उठ्ने प्रयासमा रहँदारहँदै ग्रेडरले कुल्चिएको स्थानीय बताउँदै आएका छन् । घटनास्थलमै उनको ज्यान गयो ।
त्यसबाट आक्रोशित विद्यार्थी र स्थानीयले बाटो बन्द गर्दै नाराबाजी गरेका थिए । विद्यार्थीहरू धनगढी बजार, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि आन्दोलनमा उत्रिएपछि धनगढीमा निषेधाज्ञा नै घोषणा गर्नुपरेको छ । आज दिउँसो भने आफन्त र प्रशासनबीच सहमति भएको छ । आफन्तले ग्रेडर चालक विरुद्ध सवारी ज्यान मुद्दा दर्ता गराएका छन् । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
गायिका एलिना चौहान भन्छिन्–अहिले त मेरो नामै धोकेबाज रे !
-
साथीको नामको फेसबुक आइडी बनाएर ठगेको आरोपमा युवती पक्राउ
-
भारतलाई हराउँदै नेपाल महिला यु–२० च्याम्पियनसिपको फाइनलमा
-
डिजिटल वित्तीय कारोबार बढ्दै, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड कट्यो
-
नियुक्त भएको २८ दिनमा मधेस प्रदेशमा मुख्यमन्त्रीले दिए मन्त्रिपरिषद्लाई पूर्णता