बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा मानवअधिकार उल्लंघनका ३३ उजुरी

शुक्रबार, १६ मङ्सिर २०७९, १९ : ५२
शुक्रबार, १६ मङ्सिर २०७९

बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाको  गत आर्थिक वर्षमा मानवअधिकार उल्लंघनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोगको बागमती प्रदेश कार्यालयले जनाएको छ । 

प्रदेशको १३ जिल्लामध्ये नौ जिल्लामा गरी कूल ३३ मानवअधिकार उल्लंघनको  विभिन्न किसिमका उजुरी सो कार्यालयमा परेको जनाएको छ । कार्यालयका प्रमुख यज्ञ अधिकारीले प्रदेशको सबैभन्दा बढी काठमाडौं र ललितपुर जिल्लामा मानवअधिकार उल्लंघनको उजुरी परेको बताए । दुवै जिल्लामा क्रमश: आठ र सात मानवअधिकार उल्लंघनको उजुरी परेको छ । प्राप्त विवरणअनुसार चितवनमा चार, नुवाकोटमा चार, सिन्धुपाल्चोकमा तीन, काभ्रेमा दुई, धादिङमा दुई, दोलखामा दुई र रामेछापमा एक वटा उजुरी परेको बताइएको छ ।

प्रदेशको मकवानपुर, भक्तपुर, रसुवा र सिन्धुलीमा गत आर्थिक वर्षमा कुनै किसिमको मानवअधिकार उल्लंघनको उजुरी नपरेको सो कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप