उपचारका लागि माओवादी केन्द्रका नेता पुन चीन प्रस्थान
शुक्रबार, १६ मंसिर २०७९, १९ : ५९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गरेका छन् ।
लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि शुक्रबार सॅाझ फ्लाई दुबइको उडानबाट चीन उडेका हुन् ।
चीनमा कोरोना महामारीका कारण लकडाउन भएकाले नेपाल-चीन सिधा हवाई उडान नहॅुदा पुन दुबई, ग्वान्झाओ हॅुदै चीनको सेन्जेन जानेछन् ।
पुनका साथमा पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्ती पनि चीन गएकी छन् । नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार हुनेछ । एक वर्षअघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो ।
चीनमा उपचार गरेपछि नियन्त्रित अवस्थामा रहेको जण्डिसको मात्रा (बिलरुबिन) चुनावी धपेडीका कारण अत्यधिक बढेपछि उनलाई फलोअप उपचारमा जान चिकित्सकले सुझाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा साहित्य महोत्सव हुने
-
अन्य मन्त्रीले मेरो जति काम गरे देश बन्न समय लाग्दैन : खानेपानी मन्त्री खान
-
३५ प्रतिशतसम्म क्यासब्याक र विभिन्न उपहारसहित एलजीको नयाँ वर्ष अभियान जारी
-
भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
-
नयाँ वर्षमा दोलखाको हनुमन्तेमा मेला लाग्ने
-
गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै