शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

दोलखामा एमालेका उम्मेदवार शिवाकोटीले घटाए मतान्तर

शुक्रबार, १६ मंसिर २०७९, २० : ४०
शुक्रबार, १६ मंसिर २०७९

दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनसुार प्रतिनिधिसभातर्फ ११८२९ मतगणना हुँदा  गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की अग्रता कायमै छ । कार्कीले ६ हजार  ९७ मत ल्याउँदा एमालेका बालकृष्ण शिवाकोटीले ५ हजार २४८ मत ल्याएका छन् ।

शिवाकोटीले अहिले मतान्तर घटाउँदै लगेका छन् । यसअघि कार्कीले ५ हजार ४३४ मत ल्याउँदा  शिवाकोटीले ३ हजार ८८९ मत प्राप्त गरी १ हजार ५४५ मतान्तर रहेको थियो । अहिले कार्की र शिवाकोटीले प्राप्त गरेको मतान्तर ८४९ मात्रै रहेको छ भने ४४९ मत बदर भएको छ ।

त्यस्तै प्रदेशसभा १ मा ९ हजार ३४६ मतगणना गर्दा कांग्रेसका कुन्दन काफ्लेको अग्रता कायमै रहेको छ । काफ्लेले ५ हजार ५ मत प्राप्त गर्दा एमालेका नरबहादुर श्रेष्ठले ३ हजार ३६० मत प्राप्त गरेका छन् । सो क्षेत्रमा २८० मत बदर भएको छ ।

यता प्रदेशसभा २ मा कांग्रेसका बर्मा लामाले अग्रता कायमै राखेका छन्  । लामाले ५ हजार ३६३ मत प्राप्त गर्दा एमालेका भरत केसीले ५ हजार १७५ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ३५४ मत बदर भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप