त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘लोकलाइजर’लगायत उपकरणको परीक्षणका लागि एरोथाईको जहाजले दुई दिन यान्त्रिक उडान गरेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार विमानस्थलको धावनमार्गको उत्तरतर्फ हालै लोकलाइज जडान गरिएको छ ।
लोकलाइजरले जहाजलाई सेन्टरलाइन देखाउँछ । ‘सेन्टरलाइजरले सही काम गरेको छ कि छैन र यसको उपयोगिता’ बारे यान्त्रिक उडानमार्फत सम्पूर्ण परीक्षण गरिएको छ । लोकलाइजर जडानपछि विमानस्थलमा जहाज अवतरण सहज हुने विमानस्थलले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाका अनुसार लोकलाइजरसहित विमानस्थलमा जडान गरिएका सम्पूर्ण सञ्चार प्रणालीको दुई दिनसम्म यान्त्रिक उडानमार्फत परीक्षण गरिएको छ । बिहीबार र शुक्रबार यान्त्रिक उडानका क्रममा विमानस्थलको नियमित उडान सामान्य प्रभावित भएको थियो ।
यसअघि मङ्सिरको पहिलो साता एरो थाईको जहाजले अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिन यान्त्रिक उडान गरिएको थियो । नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मङ्सिर ५ देखि ११ सम्म यान्त्रिक उडान गरिएको थियो । पोखरा, काठमाडौँसहित देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु