शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिक्किमका गीतकार जीवन शर्मा काठमाडौंमा सम्मानित

शुक्रबार, १६ मङ्सिर २०७९, २० : ५५
शुक्रबार, १६ मङ्सिर २०७९

सिक्किमका गीतकार, संगीतकार तथा कवि जीवन शर्मा काठमाडौंमा सम्मानित भएका छन् । शुक्रबार आयोजित एक विशेष समारोहमा विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय, गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट साहित्यकार खेमनाथ दाहाल, लेखनाथ पोख्रेल, वरिष्ठ कलाकार उत्तम केसी, मिलाप पत्रिकाको सम्पादक कृष्ण भुसाल लगायतले शर्मालाई सम्मान गरेका हुन् ।

कार्यक्रममा सम्मानित शर्माले आफू नेपाली भाषा साहित्य कला संस्कृतिको एक साधक रहेको बताउँदै नेपालमा आफूले पाएको यो सम्मानका लागि विशेष आभारी रहेको बताए । उनले सम्मानले आफूमा अझ जिम्मेबारी थपिएको बताउँदै आउँदा दिनमा पनि यस क्षेत्रमा आफू अविरल लागिरहने धारणा राखे ।

डा.उपाध्यायले नेपाल बाहिर पनि नेपाली भाषीले भाषा साहित्य कला संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने जुन कार्य गरिरहनुभएको छ त्यो अत्यन्त स्तुत्य रहेको बताए । उनले आफूले पनि विविध क्षेत्रमा कलम चलाएको सुनाउँदै फरक ढंगका काम गर्दै जाँदा १३२ विश्व कीर्तिमान कायम गर्न सफल भएको सुनाए ।

कलाकार उत्तम केसीले सिक्किमले नेपाली भाषाका चलचित्रलाई प्राथमिकतामा राखेर गरेका कार्यको प्रशंसा गरे  । उनले हाम्रो पहिचान भनेको हाम्रा संस्कार र संस्कृति रहेको भन्दै हाम्रा प्रस्तुतिमा यस्ता विषयलाई प्राथमिकता दिनुपर्ने जिकिर गरे ।

सम्पादक भुसालले सिक्किममा रहेर विगत तीन दशक देखि निरन्तर गीत संगीतको क्षेत्रमा लाग्नुभएका स्रष्टा शर्मालाई नेपालमा सम्मान गर्न पाउँदा आफूहरू पुलकित भएको बताए । कार्यक्रममा मिलाप फाउन्डेसनकी अध्यक्ष गीता अधिकारी निर्देशक तथा गीतकार गणेश सुवेदी, कलाकार निर्देशक शेखर खनाल, प्रेम शर्मा पौडेल, साहित्यकार शैलेन्द्र चापागाईं, मिलन शाह शंकर लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप