शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काबुलमा विस्फोट : १ जनाको मृत्यु, २ जना घाइते

शुक्रबार, १६ मङ्सिर २०७९, २१ : ०१
शुक्रबार, १६ मङ्सिर २०७९

अफगानिस्तानका पूर्व प्रधानमन्त्री गुलबुद्दिन हेक्मात्यारसँग सम्बद्ध हिज्ब–ए–इस्लामी पार्टीको कार्यालय नजिकैको मस्जिदमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

‘हेक्मतयार भने  सुरक्षित छन्’ टिभी च्यानलले हेक्मत्यारका नजिकका नातेदार ओबेदुल्लाह बहिरलाई उद्धृत गर्दै  उल्लेख गरेको  छ । अर्को अज्ञात स्रोतले उक्त शक्तिशाली विस्फोटमा नेताका एक अंगरक्षकको मृत्यु भएको र दुई जना घाइते भएको टिभी च्यानललाई बताएको छ । विस्फोटको जिम्मेवारी भने अहिलेसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप