बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप

शुक्रबार, १६ मङ्सिर २०७९, २१ : २२
शुक्रबार, १६ मङ्सिर २०७९

कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानसम्म थप गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् ।

बिहीबार बिहान धनगढीमो ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको मृत्यु भएको थियो । त्यसपछि विद्यार्थी आन्दोलित बनेका थिए । विद्यार्थीको आन्दोलन उग्र बन्दा प्रशासनले बिहीबार बेलुकीदेखि धनगढीमा निषेधाज्ञा जारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप