धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप
शुक्रबार, १६ मंसिर २०७९, २१ : २२

कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानसम्म थप गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् ।
बिहीबार बिहान धनगढीमो ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको मृत्यु भएको थियो । त्यसपछि विद्यार्थी आन्दोलित बनेका थिए । विद्यार्थीको आन्दोलन उग्र बन्दा प्रशासनले बिहीबार बेलुकीदेखि धनगढीमा निषेधाज्ञा जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मत लिँदै मुख्यमन्त्री रावल, नागरिक उन्मुक्ति पार्टीले साथ छोड्दा पद धरापमा
-
प्रचण्ड किन ढल्किँदै छन् कांग्रेसतिर ?
-
कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुनेबारे परेको मुद्दामा आज सुनवाइ
-
जसपा र एकीकृत समाजवादीलाई फकाउँदै प्रधानमन्त्री
-
लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आज, तीन उम्मेदवार प्रतिस्पर्धामा
-
राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि