स्याङ्जा–२ मा गुरुङको अग्रता कायमै

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायम रहेको छ । कांग्रेस उम्मेदवार गुरुङ नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा एक हजार पाँच सय ५८ मतले अगाडि रहेका छन् ।
साँझसम्मको गणनाअनुसार गुरुङले १८ हजार १९ मत प्राप्त गर्दा अर्यालले १६ हजार चार सय ६१ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ६ हजार चार सय ९० मत ल्याएका छन् । कूल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नं २ मा साँझसम्म ४३ हजार आठ सय १६ मतगणना भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । मतगणना भएको मतमध्ये ४२ हजार तीन सय ४५ मत सदर भएको छ भने एक हजार चार सय ७१ मत बदर भएको हो ।
हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–१, ६ र ७ भिरकोट नगरपालिका–५, ६, ७, ८ र ९ वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ तथा कालीगण्डकी गाउँपालिका–१, २, ३, ४, ५, ६ र ७ को मगतणना सकिएको छ ।
त्यस्तैगरी स्याङ्जा क्षेत्र नं २ (२) मा नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता कायम गरेका छन् कालीगण्डकी गाउँपालिकाका सातवटा वडाको मतगणना सकिँदा श्रेष्ठ एक हजार ६४ मतले अगाडि छन् । एमाले उम्मेदवार श्रेष्ठले पाँच हजार पाँच सय चार मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार महेश भट्टराईले चार हजार चार सय ४० मत ल्याएका छन् । हालसम्म १० हजार सात सय ८६ मतगणना सकिएको छ भने १० हजार ६ सय ४३ मत सदर, एक सय ४३ मत बदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् भवन परिसरमा शक्तिबहादुर बस्नेत
-
भारत सरकारको बजेट–यस्ता छन् मोदी सरकारका मुख्य प्राथमिकता
-
दक्षिण एसियाली देशहरूबीच कनेक्टीभीटी र क्षेत्रीय मूल्य श्रृंखलाको विकास गर्न महासंघको आग्रह
-
प्रधानमन्त्रीले गृहमन्त्री नियुक्तिमा ढिलाइ गर्नुहुन्न : ठाकुर गैरे
-
'१५ दिनको समय सीमामै संसद् नियमावली निर्माण गर्छौं'
-
बैकको ब्याजदरले तपाईँलाई कस्तो असर परेको छ ?