नुवाकोटमा नालीमा डुबेका युवकको मृत्यु
शुक्रबार, १६ मंसिर २०७९, २२ : ३०

नुवाकोटको पञ्चकन्यामा नालीमा डुबेको अवस्थामा उद्धार गरिएका स्थानीय युवकको ज्यान गएको छ । जिल्लाको पन्चकन्या गाउँपालिका–३ का ३५ वर्षीय युवक सरोज लामालाई स्थानीय नालीमा डुबेको अवस्थामा उद्धार गरिएकोमा उनको घर पुर्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घरभन्दा केही दूरीमा रहेको खानेपानी धारा नजिकको नालीमा टाउको घोप्टिएको अवस्थामा सरोजको उद्धार गरिएको थियो। उनी गाउँघरमा प्लम्बरको काम गर्दै आएका थिए ।
नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोस्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक रूपक खड्काको भनाइ छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड