यस्तो छ विश्वकपको नकआउट चरणको समीकरण
कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह चरणका अन्तिम खेलहरुसँगै नकआउट चरणको समिकरण पूरा भएको हो ।
अन्तिम चार खेलमा ब्राजिल क्यामरुनसँग पराजित हुँदा सर्बियामाथि स्वीजरल्यान्डले जित निकालेको थियो । त्यस्तै पोर्चुगल दक्षिण कोरियासँग हार्दा उरुग्वेले घानामाथि जित निकालेको थियो ।
अन्तिम १६ मा हरेक समूहको शीर्ष दुई टोलीहरुले नकआउट चरणमा स्थान बनाएका छन् । कतार विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता अन्तिम १६ मा प्रवेश गरेका छन् ।
समूह ‘बी’ बाट इङ्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह ‘सी’ बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उपविजेता, समूह ‘डी’ बाट फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता, समूह ‘ई’ बाट जापान विजेता र स्पेन उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।
त्यस्तै समूह ‘एफ’ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह ‘जी’ बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।
अब नकआउट चरणमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अष्ट्रेलिया, फ्रान्स र पोल्याण्ड तथा इङ्ल्यान्ड र सेनेगल भिड्ने छन् ।
यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच राउण्ड अफ १६ मा प्रतिस्पर्धा हुनेछ ।
विश्वकपमा नकआउट चरणका खेलहरु आजबाट हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल