बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरबाट ‘मानवताको लागि संगीत’को भव्य सुरुवात

शनिबार, १७ मङ्सिर २०७९, ०७ : ०९
शनिबार, १७ मङ्सिर २०७९

दुई दशकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानको सुरुवात गरिएको विराटनगरबाटै लोक रक ब्याण्ड नेपथ्यले ‘मानवताको लागि संगीत’ अभियानको भव्य सुरुवात गरेको छ । अभियानको पहिलो ध्वनी शुक्रबार बेलुकी यहाँस्थित हाटखोला मैदानमा फैलिँदा हजारौं दर्शकहरुको उत्साह मिश्रित आवाजले  गुञ्जायमान भएको थियो ।

अघिल्ला कन्सर्टहरुभन्दा बेग्लै यसपाला नेपथ्यले पहिलो गीतै ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत ग¥यो । गाउनु अघिको धुनमा परिमार्जनसहित केही नयाँपन दिएर सुरु गरिएको उक्त गीतदेखि नै सुरु भएको दर्शकहरुमा तीब्र तापक्रम कन्सर्टको अन्तिमसम्मै जारी देखिन्थ्यो । दर्शकहरुमा सुरुदेखि जागेको तापक्रमलाई निरन्तरता दिनकै निम्ति दोस्रो गीतमा ‘छेक्यो छेक्यो’, तेस्रो ‘लामपाते सुरती’ र त्यसपछि पनि ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ जस्ता गीतहरुको निरन्तरता साथ अघि बढाइएको थियो ।

कार्यक्रम अवधि भर गायक अमृत गुरुङले पटक पटक मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । ब्यान्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितहरुको तस्विरसहितका दृश्यहरुबाट प्रस्तुत गरिएको थियो ।

‘अर्को जुनी छ कि छैन थाहा छैन,’ उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने यसै जुनीमा र आजैबाट दान गर्न सुरु गरौं ।’ गायक गुरुङले चुनावपछि फेरि समाजमा एकताको आव्हान गर्दै त्यसले नै स्थिरता र विकास दिने तर्क पनि राखेका थिए ।

विराटनगरको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक, दुइटा बस र केही साना सवारीमार्फत वीरगन्जतर्फ प्रस्थान गरेको छ । मानव सेवा आश्रमकै आयोजनामा त्यहाँस्थित आदर्शनगर रंगशालामा नेपथ्य मंसिर १९ गते सोमबार प्रस्तुत हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप