प्योङयाङमाथि अमेरिका, जापान र दक्षिण कोरियाको थप प्रतिबन्ध

प्योङयाङले हालै गरेको क्षेप्यास्त्र परीक्षणको जवाफस्वरूप अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाली व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्ध लगाएका छन् ।
अमेरिकामा तीन उत्तर कोरियाली अधिकारीहरूको सम्पत्ति रोक्का भएको वासिंगटनले जनाएको छ । उत्तर कोरियाको आणविक गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।
उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपण (अमेरिकी मुख्य भूमिमा प्रहार गर्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल)ले कोरियाली प्रायद्वीप र सम्पूर्ण विश्वको लागि गम्भीर सुरक्षा जोखिम खडा गरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन् ।
ब्लिन्केनले पछिल्लो प्रतिबन्ध अमेरिकी सहयोगी देशहरु दक्षिण कोरिया र जापानसँगको समन्वयमा गरिएको र अप्रिलमा युरोपेली युनियनले पनि तीन उत्तर कोरियालीमाथि प्रतिबन्ध लगाइएको बताए ।
टोकियो र सियोलले शुक्रबार पनि नयाँ प्रतिबन्धको घोषणा गरेका छन् । यसैबीच, दक्षिण कोरियाले एक ताइवानी र एक सिंगुरी नागरिकसहित आठ जनालाई प्रतिबन्ध लगाउने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
-
लुम्बिनीका मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा न्यौपाने
-
विराटनगर महानगरको गैरकानुनी सूचना
-
लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन
-
टर्कीका भूकम्प पीडितका लागि संकलित राहत सामाग्री जजिरा र टर्किस एयरलाइन्सले सित्तैमा लगिदिने
-
मादी गाउँपालिका केन्द्र हेरफेरविरुद्धको रिट खारेज