धनुषामा जन्ती बोकेको जीप दुर्घटना, पाँचको मृत्यु, नौ घाइते
शनिबार, १७ मंसिर २०७९, ०९ : ३०

धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको जानकारी दिए ।
मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीय फेरि किन आन्दोलित ?
-
मेरिल्याण्डमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु
-
राजतन्त्रको पक्षमा माहोल बनाउन पूर्वराजाको सुझाव, अब के गर्छ राप्रपा ?
-
लुम्बिनी प्रदेश : कपिलवस्तुमा पाँच दलको बैठक बस्दै
-
सुन्तलाको जुस तौल घटाउन कागतीभन्दा प्रभावकारी : अङ्गुरमा हुन्छ चमत्कारिक गुण
-
तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा