बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती राजकुमार विलियम र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

शनिबार, १७ मङ्सिर २०७९, ०९ : ५८
शनिबार, १७ मङ्सिर २०७९

अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका राजकुमार विलियमबीच बोस्टनमा भेट भएको छ । अर्थशट पुरस्कार  समारोहमा सहभागी हुन प्रिन्स विलियम आफ्नी पत्नी केटसँगै बोस्टनमा पुगेका थिए ।  संयोगवश बाइडेन पनि डेमोक्रेटिक पार्टीको कोष संकलन कार्यक्रममा भाग लिन बोस्टन शहरमा पुगेका थिए । उनीहरुबीच करिब आधाघन्टा भेटवार्ता भएको थियो । 

उनीहरुबीच अनौपचारिक कुराकानी पनि भएको थियो । बेलायतको सिंहासनको उत्तराधिकारी विलियम जोन एफ केनेडी पुस्तकालय र संग्रहालय बाहिर ओभरकोट बिना हिड्दा बइडेनले चिसो मौसमबारे ख्याल गर्न बताएका थिए ।

बाइडेनले राजकुमार विलियमसँग आगामी दिनमा पनि ‘समय बिताउन तत्पर रहेको’, ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन–पियरले बताइन् । विलियमसँग भेट गरेपछि बाइडेन फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको लागि व्हाइट हाउसमा आयोजित रात्रिभोजमा सहभागी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप